back
NMB Ad

मंसिर ७ गते भित्रै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुन्छ : वर्षमान पुन

Royal Enfield Inside Page Banner

सिमांकनमा सहमतिको लागि प्रधानमन्त्रीले तीन वटा प्रस्ताव तयार गर्नुभएको छ, नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश बनाउनेबारे सहमति भयो ।
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले यही हप्ता अर्थात मंसिर ६ वा ७ गते सरकारले सहमतिका साथ संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने खुलासा गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पुनले प्रमुख तीन दलवीच सहमतिकै आधारमा संविधान संशोधन प्रस्ताव पेश गर्ने वातावरण बनेको उल्लेख गर्दै यही मंसिर ६ वा ७ गते प्रस्ताव सरकारले पेश गर्ने बताएका हुन् । बालुवाटारमा बिहीबार भएको तीन दलकोे बैठकमा शीर्ष नेताहरु संविधान संशोधनको अन्र्तवस्तुमा सहमति निकट पुगेको उनको विश्वास थियो ।
उनले भने, ‘प्रधानमन्त्रीजीले निरन्तर छलफल तथा सम्वाद जारी राख्नुभएको छ, ठूला तीन दलहरुवीच सहमतिका साथ अघि बढ्ने वातावरण बनेको छ, त्यसैले यही मंसिर ६ वा ७ गतेभित्रै संशोधन प्रस्ताव संसदमा दर्ता हुन्छ, यसमा कसैले शंका नगरे हुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता पुनले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनको लागि असन्तुष्टहरुको मागलाई सम्बोधन गर्नको लागि संविधान संशोधनमा सबै दलहरुवीच सहमति जुटाउने उद्देश्यले निरन्तर सम्वाद जारी राखेकोले यसमा सहमति हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे ।
उनले अघि थपे,‘संविधान कार्यान्वयन राष्ट्रिय एजेण्डा हो, संविधान कार्यान्वयनको लागि तीन वटै निकायको चुनाव समयमै सम्पन्न गर्नुपर्नेछ, त्यसैले असन्तुष्टहरुको मागलाई सम्बोधन गर्नुपनि आँफैमा राष्ट्रिय एजेण्डा हो, त्यसको लागि संविधान संशोधन गर्नुपर्छ, अहिले सरकारले त्यही प्रयास गरिरहेको छ ।’ उनले संविधान संशोधन लागि प्रधानमन्त्रीको नेतृत्वमा वर्तमान सरकारले अन्य सरोकारवाला पक्षहरुसँगपनि सम्वाद जारी राखेको जनाए ।
नेता पुनले प्रदेशको सिमांकन, भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विषयमा संविधान संशोधनको तयारी भैरहेको उल्लेख गर्दै संशोधनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समर्थन गर्ने संकेत दिईसकेको पनि उल्लेख गरे । उनले संविधान संशोधन र कार्यान्वयन सँगसँगै लैजान सकिने समेत स्पष्ट पारे । यद्धपी उनले मधेशी मोर्चाले भनेजस्तो सबै कुराहरु अहिले नै संशोधनमार्फत हल नहुने समेत दाबी गरे ।
उनले अहिले नै सिमांकनको विवाद पूर्ण रुपमा मोर्चाले भनेजस्तो हल नहुने बताउँदै भने,‘अहिले झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुरको विवाद छ, यी पाँच वटा जिल्लाहरुलाई संघीय आयोगमार्फत टुँग्याएर जानुपर्छ भन्ने प्रधानमन्त्रीको सोच छ, पाँच जिल्लाहरुको विवाद अहिले नै टुँग्याउन सकिँदैन, आयोगले यी जिल्लाहरुको विवाद टुँगो लगाउने विषयमा मधेशी मोर्चा सहमत हुनुपर्छ ।’
उनले सिमांकनको विवाद समाधानको लागि अहिले तीन वटा विकल्पहरुका बारेमा छलफल भैरहेको जानकारी दिए । उनका अनुसार ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यान लगायतका क्लष्टर मिल्ने जिल्लाहरुलाई समेटेर ८ औं प्रदेश बनाउने विकल्पका बारेमा पनि अहिले छलफल जारी छ ।
त्यस्तै अर्को पाँच नम्बरका पहाडी जिल्लाहरुलाई ४ नम्बर प्रदेशमा राख्ने विकल्पका बारेमा पनि छलफल भैरहेको उनको भनाई थियो । उनले भने,‘जुनमा निकटता आउँछ, त्यही विकल्पमा समझदारी बनाईन्छ ।’
उनले अघि थपे,‘पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई ४ नम्बर प्रदेशमा राख्नेबारेपनि छलफल भैरहेको छ, केही अहिले हल गरेर र केही पछि टुँग्याउनुपर्छ ।’ नवलपरासीदेखि बर्दियासम्मको प्रदेश बनाउन जारी रहेको छलफल सहमतिको निकट पुगेको उनले जनाए ।
उनले मधेशी मोर्चाले पनि संविधान संशोधन प्रस्ताव संसदमा पेश भएर आफ्ना मुद्दा सम्बोधन भए चुनावमा सहभागी हुने सकारात्मक प्रतिबद्धता जनाएकोले समयमै निर्वाचन हुने र संविधान कार्यान्वयन हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।
उनले भने,‘सिमांकनका बारेमा अहिले विभिन्न विकल्पहरु छन्, पहिलेकै राज्यपूर्नसंरचना आयोगले अघि सारेझैं १० प्रदेशको प्रस्ताव लैजाने पनि कुरा भएको छ, त्यसमा समझदारी बनाउनुपर्छ, समझदारी भए ठिकै छ, नभएर चुनावमामार्फत यो विषय हल गर्नुपर्छ ।’
उनले नागरिकताको विषयमा अंगीकृतलाई राज्यको माथिल्लो निकायको प्रमुख बनाउने कुरा अघि सारिएको भनेर उत्तेजना फैलाउने उद्देश्यले नियोजित रुपमा प्रचार गरिएको उल्लेख गर्दै भने,‘यो गलत र भ्रममा नलाग्न म सबैलाई आग्रह गर्दछौं, यो कुरा स्वयम् मधेशी मोर्चाका साथीहरुले पनि भन्नुभएको छैन् ।’
त्यस्तै उनले राष्ट्रिय सभाको प्रतिनिधित्वको बारेमा पनि जनसंख्याको आधारमा टुँगो लगाउने गरि वार्ता तथा छलफल भैरहेको जनाए । त्यस्तै भाषा सम्बन्धित विवाद समाधानको लागि आयोग गठन भैसकेकोले यो विवाद पनि टुँगिने उनको विश्वास थियो ।
उनले संविधान संशोधनमा एमालेले सहयोग नगरे संविधान संशाधन प्रस्ताव के हुन्छ भन्ने प्रश्नमा उनले थपे,‘एमाले सकारात्मक छ, हामीले समझदारीबाटै अघि बढ्ने भनेर नै छलफल गरेको हो नि ।’ उनले सरकार स्वयम आफै एकतर्फी ढंगले बढ्ने पक्षमा नरहेको समेत स्पष्ट पारे ।
नेता पुनले संविधान संशोधन र महाअभियोग प्रस्ताव अलग अलग विषय भएपनि दुवै राष्ट्रिय एजेण्डा भएको उल्लेख गर्दै भने,‘महाअभियोगबारे काँग्रेसले पनि छिट्टै आफ्नो पोजिसन सार्वजनिक गर्छ, सबै दल महाअभियोगको पक्षमा छन् ।’ उनले संविधान संशोधनलाई कसैले पनि बार्गेनिङ्को एजेण्डा बनाउन नहुने जिकिर गरे ।
३ मंसिर २०७३

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १८:२७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ ६ आइतवार १०:५२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो   

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो   

वि.सं.२०८१ माघ ६ आइतवार १०:४६

सोमनाथ लामिछाने, काठमाडौं : अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ६ आइतवार १०:३८

काठमाडौं। साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ ।...

यसकारण घट्यो आरएसडिसी लघुवित्तको नाफा

यसकारण घट्यो आरएसडिसी लघुवित्तको नाफा

वि.सं.२०८१ माघ ६ आइतवार १०:३१

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको...

एमएडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को अनावरण

एमएडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को अनावरण

वि.सं.२०८१ माघ ६ आइतवार १०:१७

काठमाडौं : एमएडब्लू वृद्धिले सोल्टी होटलमा आज आयोजित एक भव्य...

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय ग्राण्ड लञ्चिंग

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय ग्राण्ड लञ्चिंग

वि.सं.२०८१ माघ ६ आइतवार १०:११

काठमाडौँ । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दूई नयाँ...