काठमाडौं। प्रभु बैंकले लुम्बिनीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। नयाँ शाखाको रक्षामन्त्री बालकृष्ण खाँडले शुक्रबार उद्घाटन गरे। बैंकले मर्जरको क्रममा दोहोरिएका मध्ये भैरहवामा रहेको ग्राण्ड बैंकको शाखालार्इ लुम्बिनीमा स्थानान्तरण गरेको हो।
मर्जरको क्रममा दोहोरिएका अन्य शाखाहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने प्रभु बैंकले जनाएको छ । उद्घाटन कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र स्थानीय उद्योगी व्यवसायी लगायतको उपस्थिती रहेको थियो।
प्रकाशित मितिः २०७३ मंसिर ३
वि.सं.२०७३ मंसिर ३ शुक्रवार १८:२० मा प्रकाशित