
काठमाडौ । यो साता नेपाल स्टक एक्सचेन्जमा १५३ कम्पनीहरुको सेयर कारोबार भएको छ । बजारमा २४ हजार ११९ कारोबारबाट पाँच अर्ब दुई करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम गत साताको भन्दा ७६.६२ प्रतिशत बढी भएको नेप्सेले जनाएको छ ।
साताभरमा ५२ लाख ८७ हजार एक सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४१.९२ अंकले घटेर अन्तिम दिन १६५८.०८ अंकमा झरेको छ ।
यस साता कारोबार रकम (एक अर्ब ४० करोड ७९ लाख ४० हजार रुपैयाँ) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रह्यो भने कारोबार भएको सेयर संख्या (पाँच लाख १८ हजार कित्ता) को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२८५२ वटा) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
पाँच दिन नै कारोबार भएको सेयर बजारमा यति ठूलो गिरावट आएको हो । ेबजारमा देखिएको अन्योलता र लगानीकर्ता पर्ख र हेरको स्थितिमा रहेकाले अझै बजार घटने अनुमान विश्लेषकहरुको छ ।
त्यसैले आइतबारको बजार कता जान्छ भन्ने जान्न आइृतबारको कारोबारलाई नै कुर्नुपर्ने देखिन्छ ।
प्रकाशित मितिः २०७३ मंसिर ४
वि.सं.२०७३ मंसिर ४ शनिवार १३:५३ मा प्रकाशित