
एजेन्सी । संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार तीन जना उच्च सरकारी पदाधिकारीहरु नियुक्त गरेका छन्।
उनले महान्यायाधिवक्तामा सिनेटर जेफ सेसन, मिचेल फ्लिन राष्ट्रिय सुरक्षा सल्लाहकार र सांसद मिक पोम्पेओलाई ‘सेन्टल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुखमा नियुक्त गरेका छन्।
“एक जना सम्मानित र ख्याति प्राप्त कानुनविद्, जसलाई सवैले चिन्दछन् त्यस्ता व्यक्ति सिनेटर जेफ सेसनलाई महान्यायाधिबक्तामा नियुक्त गरिएको छ,” ट्रम्पद्धारा जारी बक्तव्यमा उल्लेख गरिएको छ ।
ट्रम्पको वेभसाईडमा राखिएको वक्तव्यमा अगाडी भनिएको छ, “मिचेल फ्लिन जस्तो व्यक्तिलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्न पाउदा म ज्यादै खुशी छु, उहाँले इस्लामिक आतङ्कबादको प्रतिवाद गर्न सक्नुहुने छ र भूराजनीतिक चुनौतीहरुलाई राम्रोसंग बुझ्नु भएको छ । ’
सांसद मिक पोम्पेओलाई सिआइएको प्रमुख बनाउन पाएकोमा आफूलाई गर्व लागेको पनि ट्रम्पले बताए। जारी वक्तव्यमा ती तीनै जनाले आफुहरुलाई नियुक्त गरिएको कुरा स्विकार गरिसकेका छन् । नियुक्त भएका मध्ये सेसन ६९, फ्लिन ५७ र पोम्पेओ ५२ बर्षीय हुन् ।
यसरी सामुहिक रुपमा नियुक्त गरेको ट्रम्पको यो दोस्रो पटक हो । यसअघि उनले रिन्स प्रिबसलाई कर्मचारी प्रमुख र स्टेफेन बाननोनलाई प्रमुख कूटनितिज्ञका रुपमा नियुक्त गरेका थिए ।
प्रकाशित मितिः २०७३ मंसिर ४
वि.सं.२०७३ मंसिर ४ शनिवार १४:०८ मा प्रकाशित