काठमाण्डौं । आर्थिक बर्ष २०७३/७४ को तीन महिनामा नै २२ अर्व ३६ करोड ३५ लाख रुपैयाँ बराबरको सवारी तथा पाटपुर्जा आयात भएको छ । यो आयात विवरण गत आवको सोही अवधिको तुलनामा १ सय ९३ दशमलव ६१ प्रतिशतले बढेको हो ।
गत बर्ष ११ अर्व ९४ करोड ३८ लाखको सवारी आयात भएको थियो । सो अवधिमा चीन तथा तेस्रो मुलुकबाट पनि सवारी आयात भएको राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांकमा उल्लेख छ । बैंकहरुले अटो लोन उपलब्ध गराउँदा पनि सवारीको विक्रीसँगै आयात बढेको बताइएकोछ ।
५ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर ५ आइतवार १२:२८ मा प्रकाशित