
काठमाण्डौं । नेपालको सेयर बजारमा आईतबार कारोबारको डेढ घण्टामै समग्र बजार चार प्रतिशत अर्थात ६६.४३ अंकको गिरावट आएपछि सर्किट ब्रेक लागेर आघा घण्टाका लागि बन्द भएको छ । आज नेप्से १५९१.६५ मा ओर्लिएको छ । डेढ घण्टाको बीचमा कारोबार रकम जम्मा ४७ करोड भएको छ ।
अपरान्ह १ः०७ बजे बजार खुलेपछि घट्ने क्रम थामिएन र पाँच प्रतिशतले बजार घट्यो भने आजका लागि बजार बन्द हुनेछ । खरिदमा भन्दा बिक्रीमा अधिक चाप परेर नेप्से तीब्र रुपमाा ओरालोलाग्दा साधारण लगानीकर्तामा छटपटीको अबस्था देखिएको छ भने संस्थागत र केही ठूला लगानीकर्ता बजार अरु घट्छ भन्ने बिश्लेषण गर्दै बसिरहेका छन् ।
५ मंसिर २०७३, १।००
वि.सं.२०७३ मंसिर ५ आइतवार १२:५७ मा प्रकाशित