
काठमाण्डौं । पचास प्रतिशत हकप्रद निष्कासनको प्रयोजनका लागि आइतबार नै सेयरधनी दर्ता पुस्तिका बन्द गरेर सेयरमूल्य समायोजन गरेको नागबेली लघुवित्त विकास बैंकको आज आइतबार नेप्सेमा कारोबार रोक्का भएको छ ।
बैंकले नेप्सेलाई पत्र लेखी सेयरधनी दर्ता पुस्तिका मंसिर ५ गते बन्द गर्ने जनाएको तर पत्रिकामा भने मंसिर ६ गते बुक क्लोज हुने भनी सूचना प्रकाशित गरेकाले सर्वसाधरण लगानीतकर्तालाई झुक्याएको देखिएकाले कारोबार रोकिएको र अनुसन्धान सुरु गरिएको नेप्सेले जनाएकोछ ।
यस अघि, ५० प्रतिशत हकप्रद समायोजन गरेपछि नेप्सेले नागबेलीको प्रतिकित्ता सेयरमूल्य ३ हजार ३ सय ७ रुपैयाँ हुने बताएको थियो ।
२ करोड ५० लाख रुपैंया मात्र चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्कासन तथा बोनस बितरण पश्चात चुक्ता पूँजी ५ करोड २५ लाख रुपैंया पुग्नेछ ।
५ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर ५ आइतवार १३:४३ मा प्रकाशित