
काठमाण्डौं । १ बराबर १.२ अनुपात अर्थात १२० प्रतिशत हकप्रद सेयरको एनएमबी माइक्रोफाइनान्सले आजबाट बिक्री खुल्ला भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ५२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
हकप्रदमा मंसिर ६ गते आजदेखि पुस १० गतेसम्म आवेदन गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । हकप्रद सेयरका लागि एनएमबी माइक्रोफाइनान्सको विभिन्न कार्यालय सहित लक्ष्मी क्यापिटल, लक्ष्मी बैंकका कार्यालय र एनएमबि क्यापिटलबाट आवेदन दिन सकिन्छ । कम्पनीको हकप्रद सेयरमा कात्तिक १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
अहिले ४ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद जारी पश्चात चुक्ता पुँजी १० करोड १२ लाख रुपैयाँ पुग्नेछ ।
६ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर ६ सोमवार १०:४६ मा प्रकाशित