
काठमाण्डौं । गैरआवासीय नेपाली संघले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बाटो खोलिदिएको छ ।
लाप्राकका स्थानीय बासिन्दाले गैरआवासीय नेपाली संघले नै बस्ती बनाइदियोस् भन्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि सरकारले ‘पाइलट प्रोजेक्ट’का रुपमा गैरआवासीय नेपाली संघले नै घर बनाइदिन पाउने गरी नयाँ निर्णय गरेको हो ।
गैरआवासीय नेपाली संघले लाप्राकमा करिव ६ सय घर बनाउन यसअघि नै गुरुयोजना निर्माण गरिसकेको छ । जसलाई केही समय पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाप्राक पुगेर शिलान्यास गरेका थिए ।
६ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर ६ सोमवार १२:२१ मा प्रकाशित