back
NMB Ad

अस्थिर सेयर बजारको बीचमा लगानीकर्ताहरुले अब के गर्ने ?

अहिले बजार एकदम अस्थिर भएकाले केही समय पर्ख र हेरको अबस्थाम रहनु नै उचित देख्छु । जब बजार सम्हालिएर स्थिर हुन्छ, राम्रो, बलियो र भबिष्यमा धेरै प्रतिफल दिन सक्ने, धेरै मूल्य घटेर सस्तिएको सेयरहरुमा लगानी गर्नु बेश हुने ठान्दछु । अहिले हतारिएर राम्रो कम्पनीको सेयर बेच्नलाई भने बन्दै गर्नुपर्छ ।

मूल्य र भबिष्यको संभावना बिचार गर्दा मध्यम खालका बाणिज्य बैंकहरु बढी उपयुक्त र सुरक्षित छन् भन्ने लाग्छ र केही जीवन र निर्जिबन बिमाको सेयरमा लगानी पनि उपयुक्त हो । म त खास गरी पाँच सय रुपैयाँदेखि सात सय रुपैयाँसम्म मूल्य भएका बाणिज्य बैंक रोज्नलाई सल्लाह दिन्छु ।

सेयर किन्ने मामिलामा पनि पीई रेसियो ३० गुणा भन्दा कम छ, प्रति सेयर आम्दानी १५ रुपैयाँ भन्दा माथि छ, बर्षेनी लाभांश दर बढाउँदै लगेको , चुक्ता पूँजी र जगेडा कोष बढाउँदै लगेको , निस्क्रिय कर्जा दुई प्रतिशत भन्दा तल छ, निक्षेप संकलन र कर्जा परिचालन बढाउँदै लगेको , पूँजी कोष १२ प्रतिशत भन्दा माथि , प्रति सेयर मूल्य सबैभन्दा धेरै घटेको , संचालकहरु राम्रा , आन्तरिक सुशासन राम्रो भएको  कम्पनी छान्नुहोस् ।

यस्ता कम्पनीहरुको सेयर ४०० रुपैयाँदेखि ७०० रुपैयाँ छन् भने सेयर बजार स्थिर हुन लागेको बेलामा मज्जाले दीर्घकालीन लगानीको रुपमा  किने हुन्छ । क्षणिक रुपमा सेयरको भाऊ घट्यो भनेर नआत्तिनुस । जे गर्ने हो आफ्नै अध्ययन, बिश्लेषण र ठम्याईबाट गर्नुहोस्, अरुको लहै लहैमा लाग्दै नलाग्नुहोस् ।

– छोटेलाल रौनियार, ७ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर ७ मंगलवार ११:४८ मा प्रकाशित

You can share this post!

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप : १५ भन्दा बढी घाइते

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप : १५ भन्दा बढी घाइते

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:३१

 काठमाडौं। शिक्षक आन्दोलन २६ औं दिनमा आइपुग्दा काठमाडौंको नयाँ बानेश्वर...

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो   

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:२२

काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान...

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी   

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:१२

काठमाडौँ : चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने...

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी   

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:०३

तेहरान :  इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि...

दुई कम्पनीको ४ लाख ६२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

दुई कम्पनीको ४ लाख ६२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:१०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई कम्पनीको बोनस सेयर...

अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको निष्कर्ष

अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको निष्कर्ष

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:०१

काठमाडौं : अर्थ मन्त्रालयले नेपाली अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको...