काठमाण्डौं । सर्वसाधरण लगानीकर्ताका लागि युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधरण सेयर जारी गर्ने भएको छ । हाइड्रोपावरले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका १७ करोड २५ लाख रुपैयाँ साधारण सेयर निस्कासन गर्ने भएको हो । यो प्रस्तावलाई धितोपत्र बोर्डले स्वीकृत दिन बाँकी छ ।
कम्पनीले यस अघि नै, कुश्माको मोदीखोलामा मोदीखोलामा दुईवटा जलविद्युत् आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले पर्वत जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधरण सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले सेयर निस्कासन तथा बिक्री प्रबर्द्वकमा एनआईबीएल क्यापिटल रहेको छ। कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ।
७ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर ७ मंगलवार १२:४१ मा प्रकाशित