back

तपाई सेयरको लगानीकर्ता हो ? नआत्तिनुस् तपाईको भाग्य चम्कंदैछ !

Kumari bank ad

नेपालको सेयर बजारमा ठूला खाले सुधार तथा परिवर्तन भएपछि गत बर्ष नेप्से परिसूचकले १८८८ को बिन्दु छोएर फर्किएपछि केहीलाई चिन्ता लाग्यो । उनीहरुले बजार धेरै बढ्यो भन्ने हल्ला फैलाउन थाले । त्यही पृष्ठभुमिमा अहिले जबरजस्ति सेयर बजारमा अफवाह फैलाउने, अस्थिरता ल्याउने, बजारलाई तीब्र उतार चढावको अबस्थामा लैजाने र अनेक बाधा ब्यवधानहरु सिर्जना गर्ने कोशिश गरियो । बजार बिस्तार तथा स्थायित्व प्राप्त भएको देख्न नचाहनेहरुले यस्तो परिणाम ल्याउन खोजे, जसबाट बजारमा भयंकर अन्योल सिर्जना होस् ।

झण्डै तीन दशक अघि देखि सुरु भएको नेपालको सेयर बजारमा गोल्डेन ईरा अर्थात सुनौलो युग सुरु भएको छ ।  बिश्व धितोपत्र बोर्डको सदस्य बनिसकेको नेपाल धितोपत्र बोर्डको अगुवाईमा भईरहेको सुधार र बजार बिस्तारको अभुतपूर्व चरणबाट अगाडि बढिरहेको यहाँको सेयर बजार अब चाँडै त्यो अबस्थामा पुग्नेछ, जहाँ लगानीकर्ताले विश्वको नविनतम प्रबिधिको उपयोग र आफ्नो लगानीले गुणात्मक फड्को मारेको अनुभुति गर्नेछन् ।

सेयर बजारमा हुन लागेको सकारात्मक परिवर्तन यस्ता छन् :

१. नयाँ तथा अन्तर्राष्ट्रिय मापदण्डको अनलाईन कारोबार प्रणाली निकट भबिष्यमै आउँदैछ जसले बजारलाई अरु सजिलो, बिस्वासिलो र पारदर्शी बनाईदिनेछ ।

२. सेयर बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने कुरामा सबैको सहमतिका साथ कामहरु अन्तिम चरणमा छ, यसबाट सेयर बजारमा उल्लेखनीय परिवर्तन हुनेछ ।

३. बाणिज्य बैंकहरुलाई सेयर दलालको रुपमा काम गर्न दिने कुरामा सबैको सहमति छ र यो पनि निकट भबिष्यमा हुने नै छ ।

४. मार्जिन कर्जा पनि सेयर दलाल मार्फत नै प्रबाह हुने कुरामा पहल भईरहेको छ । यसबाट पनि बजारको आकार बढ्न गई हामी लगानीकर्तालाई नै फाईदा पुग्ने छ ।

५. नागरिक लगानी कोष र कर्मचारी संचय कोष सेयर बजारमा प्रबेश गरी उनीहरुसँग रहेको ठूलो पूँजी यहाँ परिचालन भएमा सेयर बजारकै आधार बलियो हुने छ । मार्केट मेकरको रुपमा उनीहरुले भुमिका खेलेमा बजारको डरलाग्दो उतार चढावको खतरामा कमी आई स्थायित्व प्राप्त हुने छ ।

६. लगानीकर्ता पहिचान कार्ड बितरण प्रक्रिया अन्तिम चरणमा छ । यसले पनि हाम्रो सुरक्षा प्रत्याभुति र बजारमा आउनेहरुको पहिचान गराई अझै बिस्वसनीय वातावरण तयार पार्नेछ ।

७. अहिलेका सेयर दलालले राजधानीमा मात्र केन्द्रित नभई पचहत्तरै जिल्ला जान पाउने र उनीहरुको कार्य क्षेत्र बिस्तार हुने नै छ । जिल्ला सदरमुकाममा मात्रै हैन संभावित सबै शहरहरुमा सेयर दलालको कार्यालय बिस्तार भएमा धेरै लगानीकर्ताको संख्या थपिने र सेबा सुबिधा सहज रुपमा लगानीकर्ताले पाउने छन् ।

८. क्लियरिड बैंकको संख्या बृद्धिबाट छिटो छरितो रुपमा राफसाफ हुन गई हामी लगानीकर्ताहरुलाई नै सुबिधा पुग्ने छ ।

९. बाणिज्य बैंक तथा अन्य बित्तीय संस्थाहरुको शाखा संजाल बृद्धि, लगानी बिस्तार र ठूला पुर्वाधार तथा जलबिद्युत आयोजनाहरुमा लगानी बढ्नु पनि लगानीकर्ताहरुलाई उत्साहित पार्ने कुरा हुन् ।

१०. राष्ट्र बैंकको पूँजी बृद्धि योजना अहिले चालु रहेको अबस्थामा हरेक बाणिज्य बैंकले २०७४ असार मसान्त भित्र आठ अर्ब पुर्याउनै पर्छ । अरु बैंक तथा बित्तीय संस्थाहरुले पनि धमाधम पूँजी बृद्धि गरिरहेका छन् । लौ अब पूँजी बढेपछि सबै कुरा सकियो भन्ने हैन, बल्ल प्रगतिको चरण सुरु भयो भन्ने हो । बैंक तथा बित्तीय संख्याहरुले यसपछि पनि पूँजी बढाउँदै लगानी बिस्तार गर्दै जानुपर्ने कुरामा गभर्नरले संकेत गरिसकेका छन् । आठ अर्बपछि सकिन्छ हैन, यो क्रम जारी नै रहन्छ ।

११. २०७२/७३ असार मसान्तको बित्तीय बिबरण हेर्दा २८ वटा बाणिज्य बैंकहरुले सबै क्षेत्रमा धेरै राम्रो प्रगति गरेका देखिन्छ । निक्षेपमा २१, कर्जा बिस्तारमा २७, खुद ब्याज आम्दानीमा २५, संचालन नाफामा ६० प्रतिशत बृद्धि भएको समग्र अबस्थामा खुद नाफा ३६ प्रतिशतले बढ्नु भनेकोे धेरै उत्साह ल्याउने सूचकहरु हुन । चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण पनि धेरै उत्साहित पार्ने खालका देखिएको छ र बाणिज्य बैंकहरु दीर्घकालीन लगानीका हिसाबले सुरक्षित र उपयुक्त क्षेत्र हुन भन्ने प्रष्ट भएको छ ।

१२. बोनस सेयर, नगद लाभांश बितरण, हकप्रद बितरण, एफपीओ जारी गर्ने प्रक्रिया र सूचिकरणसम्बन्धी झंझटहरु समाप्त भई सजिलो र छिटो लगानीकर्ताले प्राप्त गर्नसक्ने भएको छ, अझै सरलीकृत र ब्यवस्थित हुने क्रम जारी नै छ ।

१३. धितोपत्र बोर्डको निर्देशन पछि मर्ज र एक्विजिशनमा गएका कम्पनीले प्रक्रिया पुरा गरेर संयुक्त बित्तीय कारोबार गर्दा नै सेयर कारोबार थाल्नुपर्ने भएको छ र यसबाट पनि हामीलाई अझै सहज भएको छ ।

१४. बिमा कम्पनीहरुका लागि पूजी बृद्धि योजना अब चाँडै आउनेवाला छ । बिमा समितिले यसमाथि बिचार बिमर्श गरिरहेकाले चाँडै नै निर्णय आउला भन्ने बिस्वास जागेको छ । बिमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले पूँजी बृद्धिका लागि अर्थमन्त्रालय र अरु निकायको स्वीकृति लिनु नपर्ने र अर्थ मन्त्रालयलगायत सबैको प्रतिनिधित्व रहेको बिमा समितिको बोर्डले नै गर्नसक्ने खुलासा गरेर यसमा आफुहरु गंभीर रहेको बताईसक्नु भएको छ ।

१५. सुरुमा नेपालको सेयर बजारमा केही सिमित लगानीकर्ता थिए तर अहिले लाखौं पुगिसकेको अबस्था छ र निकट भबिष्यमै अरु कयौं थपिने छन् । बजारमा जत्ति धेरै लगानीकर्ता थपिने छन् बजारको आकार र स्थायित्वको आधार अरु मजबुत हुने छ ।

१६. नेपाल अल्पविकशित देशहरु ९एलडीसी०को सदस्य र दुई बिशाल र आर्थिक रुपमा छिटो बिकशित हुँदै गरेका देशहरु चीन र भारतको बीचमा रहेकाले उनीहरुको संगतले यहाँको पनि बिकास छिटो हुने र अर्थतन्त्र बढ्ने निश्चित छ । अर्थतन्त्र फैलिदै गएपछि पूँजी बजार पनि निश्चित रुपमा बढ्छ ।

१७. सार्क देशहरुको सेयर बजार सूचक हेर्ने हो भने धेरै देशको सेयर बजार नेपालको भन्दा बिकशित, आधुनिक र कयौं माथि पुगिसकेको छ । बंगलादेश र श्रीलंकाकै उदाहरण हेर्नुहोस् उनीहरु कहाँ पुगिसके, हामी कहाँ छौ ? प्राबिधिक र आधारभुत कुराहरु बिश्लेषण गरेर भन्ने हो भने नेपालको सेयर बजार पनि निकट भबिष्यमै अत्याधुनिक हुने, अरु सबल हुने र धेरै माथि पुग्ने निश्चित छ ।

– छोटेलाल रौनियार, ७ मंसिर २०७३, ११.००

वि.सं.२०७३ मंसिर ७ मंगलवार १२:२१ मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...