काठमाडौ । एनएमबी बैकको विदेशी रणनीतिक साझेदार नेदरल्यान्ड फाइनान्सियरिङ (एफएमओ) का लागि एफपिओ जारी गर्ने भएको छ।
एनएमबीले पाथिभरा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्स गाभ्दा एफएमओले सेयर संरचना घटेकाले त्यसलाई वढाउनका लागि एफपिओ जारी गर्न लागेको हो। मर्जरअघि १४ प्रतिशत सेयर रहेको एफएमओको मर्जरपछी घटेर तीन प्रतिशतमा आएको थियो ।
एफएमओको सर्त अनुसार एनएमबीमा उसको सेयर हिस्सा २० प्रतिशत पुर्याउन एफपिओ दिन लागेको हो।
एफएमओको सेयर हिस्सा २० प्रतिशत पुर्याउँदा उसलाई बैंकले ९४ लाख कित्ताभन्दा वढि सेयर दिनु पर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
बैंकको १०० रुपैयाँ अंकित दरको सेयरमा एफएमओले १५० रुपैयाँ प्रिमियम थपि प्रतिकित्ता २५० रुपैयाँमा किन्ने छ । ुयसबाट एक अर्ब रुपैयाँ हाराहारी चुक्ता पुँजी वढ्ने बैंकले जनाएको छ ।
एफएमओले सेयर पाएपछि आन्तरिक स्रोतबाटै ८ अर्ब पुँजी पुग्ने भएकाले सर्वसाधारणमा थप सेयर जारी नहुने बैंकले जनाएको छ ।
प्रकाशित मितिः २०७३ मंसिर ८
वि.सं.२०७३ मंसिर ८ बुधवार १८:१४ मा प्रकाशित