back

उपत्यकामा पुनः ५४ किलोमिटर सडक विस्तार गरिँदै, हेर्नुहोस् कहाँ-कहाँका घरहरु भत्किँदैछन् फेरि !

Kumari bank ad

काठमाण्डौं । उपत्यकाको बढदो सवारी साधनको चाप थेग्न विभिन्न स्थानमा ३४.३५५ किमी सडक विस्तार गरिएको छ भने ५४.२३८ सडक विस्तारको क्रममा छ ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आर्थिक वर्ष २०६४÷६५ देखि सडक विस्तारको काम सुरु गरेकामा २१ वटा सडक विस्तार भएको १२ वटा सडक विस्तारका क्रममा रहेको आयोजनाका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए।

विस्तार भएका सडकमा माइतीघर–तिनकुने २।६०० किमी, कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालय मूलद्वार २.२०० किमी, गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर–शङ्खमूल ३।४३० किमी, डिल्लीबजार–नक्साल–भाटभटेनी–बालुवाटार (थिरबम मार्ग) ३.२३० किमी, काठमाडौँ प्लाजा–पिपा गोश्वारा–डिल्लीबजार (कालिकामार्ग) ०.७५० किमी छन् ।

त्यसैगरी कमलपोखरी–ज्ञानेश्वर–रातोपुल १.५२० किमी, लैनचौर–महाराजगन्ज–बुढानीलकण्ठ ८.३५० किमी, माइतीघर–भद्रकाली ०.५५० किमी, रानीबारी–शिवमार्ग सरकारी धारा ०.८५० किमी, धुम्बाराही–मण्डिखाटार–गल्फुटार २.४०० किमी, जयनेपाल–काठमाडौँ प्लाजा ०.४०० किमी, कालिकामोड–डिल्लीबजार–पुतलीसडक ०.४८० किमी, मैतीदेवी–ज्ञानेश्वर ०.५०० किमी, एनके सिंह सडक ०.४६० किमी, जडीबुटी–पेप्सी–मनोहरा २.२२० किमी, मैतीदेवी–डिल्लीबजार–कालिकामोड ०.९३० किमी, पुतलीसडक–बागबजार ०.६२० किमी, बुद्धनगर ड्रेनेज कार्य ०.४०० किमी, राजा जनक मार्ग तिनकुने ०।१६५ किमी, बालाजु–शोभाभगवती–डल्लुपुल (विष्णुमती कोरिडोर) ०.५०० किमी र गौशाला–एयरपोर्ट–तिनकुने २.००० किमी सडक विस्तार भएको छ ।

चालु आवमा विस्तार भइरहेका सडकमा सिनामङ्गल–पुरानो बानेश्वर–मैतीदेवी–सेतोपुल २.०५० किमी, त्रिभुवन विश्वविद्यालय मूलद्वार–नयाँबाटो मोड ०.६६० किमी, बूढानीलकण्ठ मन्दिर–टोखा विष्णुमती ०.८५० किमी, त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा १२.४८० किमी छ । विसं २०३३ को मापदण्डअनुसार यो सडक विस्तार गरेपछि पटक पटक अदालतले तत्कालका लागि कार्य अघि नबढाउन आदेश जारी गरेकाले काममा समस्या भएको आयोजनाले जनाएको छ ।

यसैगरी चावहिल–जोरपाटी–साँखु ११।४६० किमी, सातदोबाटो–लगनखेल ०।८०० किमी, इमाडोल–सिद्धिपुर–गोदावरी ३.१२६ किमी, ढोलाहिटी–सुनाकोठी–चापागाउँ ७.२०० किमी, कर्मनासा–हरिसिद्धि ४.१५० किमी, जोरपाटी–सुन्दरीजल ७.००० किमी, नक्खु–भैँसेपाटी–बुङ्मती ३.५२० किमी र चक्रपथ ज्ञानज्योति गणेश विद्वत् मार्ग ०.७४२ किमी सडक विस्तारका क्रममा छ ।

उपत्यकामा विस्तार भइसकेका र विस्तार हुने क्रममा रहेका गरी ८८.५९३ किमी सडक विस्तारका क्रममा रहे पनि गौशाला–चावहिल सडक विस्तार नहुँदा कार्यालय समयमा यो मार्ग भएर चल्ने सवारी घन्टौँ जाममा पर्ने गरेका छन् ।

सडक विस्तारका लागि काम सुरु भएको दुई वर्षमा सक्नुपर्ने गरी अवधि तोकिए पनि स्थानीयवासीले घर भत्काउन नमान्ने, नेपाल विद्युत् प्राधिकरणले बिजुलीको पोल नहटाइदिने र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले खानेपानीको लाइन नहटाउनाले समस्या भएको आयोजनाले जनाएको छ ।

१० मंसिर २०७३, १०.००

वि.सं.२०७३ मंसिर १० शुक्रवार १०:२८ मा प्रकाशित

You can share this post!

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति ?

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति ?

वि.सं.२०८० मंसिर २० बुधवार ०७:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर २० गते बुधबारका...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर २० बुधवार ०६:५३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड आज हुने भएको...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८० मंसिर २० बुधवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास...

सञ्चार मन्त्रालयले भन्यो –एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ   

सञ्चार मन्त्रालयले भन्यो –एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ   

वि.सं.२०८० मंसिर २० बुधवार ०६:३७

काठमाडौँ, १९ मङ्सिर : सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक...

आज २० मंसिर २०८० बुधवार, कस्तो छ आजको राशिफल ?

आज २० मंसिर २०८० बुधवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० मंसिर २० बुधवार ०६:३१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...