
काठमाडौं। सिभिल बैंकले आफ्नो छैठौ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सवका अवसरमा बैंकले प्रभातफेरीका साथै बैंकको केन्द्यि कार्यालयमा रक्तदान कार्यक्रम समेत गरेको छ। बैंकले वार्षिकोत्सवको अवसर पारेर साताव्यायीरुपमा देशभरका विभिन्न स्थानमा वित्तिय साक्षरता र चेतनामूलक कार्यक्रम गर्ने भएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)बहन गर्दै व्यवसायलाई अगाडि बढाउँदै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।
बैंकले विभिन्न २५ स्थानबाट गरिब जेहेन्दार विद्यार्थीलार्इ छात्रवृत्ति प्रदान गर्ने पनि जनाएको छ ।
प्रकाशित मितिः २०७३ मंसिर १०
वि.सं.२०७३ मंसिर १० शुक्रवार १७:२० मा प्रकाशित