back
NMB ad

प्रदेश ५ टुक्र्याउने प्रस्ताव आए टोपबहादुरले विपक्षमा मतदान गर्छु भनेपछि …

Kumari bank ad

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरि संविधान संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले सरकारले ५ नम्बर प्रदेशलाई तलमाथि गर्नेगरि संशोधन प्रस्ताव ल्याए आफू त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । उनले अघि भने,‘मेरो लागि देश र जनता ठूलो कुरा हो, पार्टी भनेको त्यसपछिमात्रै हो ।’
रायमाझीले विवाद नै नएको ५ नम्बर प्रदेशलाई टुक्र्याउँदा कसैलाई पनि फाईदा नहुने जिकिर गरे । उनले ५ नम्बर प्रदेशलाई टुक्र्याउनेगरि संविधान संशोधनको प्रस्ताव आएमा उक्त प्रस्तावको विपक्षमा मतदान गर्दा पार्टीले कारवाही गरेपनि आफूलाई कुनै फरक नपर्ने स्पष्ट पारे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने विषयमा ९० प्रतिशतको विरोध रहेको उल्लेख गर्दै भने,‘५ नम्बर प्रदेशका सबै दलहरु एक ढिक्का छन्, यदि ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कुरा भए जनता स्वतस्फुर्त आन्दोलनमा उत्रिन्छन, अहिलेपनि आन्दोलनका झिल्काहरु देखा परेका छन् ।’ उनले भुईँको टिप्न खोज्दा गोजीको खस्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी समेत दिए ।
उनले संविधान संशोधनको लागि दलहरुवीच सहमति जुटाउनुपर्ने बताउँदै भने,‘संशोधन के–के विषयमा गर्ने भन्नेबारेमा दलहरुवीच सहमति कायम गर्नुपर्छ, टेबुलमा बसेर छलफल गरेपछि मात्रै संशोधनबारे निश्कर्षमा पुग्नुपर्छ ।’ उनले विवादै नभएको जिल्लालाई चलाउँदा मुलुक र जनता कसैको पनि हित नहुने जिकिर गरे । लुम्बिनी र राप्तीका जनता एक ढिक्का रहेको उल्लेख गर्दैै त्यसमा हात हाल्ने काम कसैले पनि नगरे हुने उनको चेतावनी थियो ।
विवाद नै नभएका जिल्लाहरुलाई चलाउँदा मधेशी मोर्चाको आन्दोलन र बलिदानीको अस्तित्व पनि समाप्त हुने रायमाझीको दाबी छ । यद्धपी उनले आफ्नो पार्टीले अहिलेसम्म यसबारेमा आधिकारिक निर्णय नगरेको समेत जिकिर गरे । रायमाझीले संविधान संशोधन देखाउनको लागि र औपचारिकता मात्रै निभाउनको लागि ल्याउन नहुने बताए ।
उनले सहमतिमा संविधान संशोधनको प्रयास जारी राख्नुपर्ने यदि त्यसो भएन भने विधि र प्रक्रियाबाट अघि बढ्नुपर्ने सुझाव दिए । उनले ५ नम्बर प्रदेशलाई चलाउन नहुने भनेर सबैभन्दा पहिला आफूले बोलेको उल्लेख गर्दै त्यसपछिमात्रै एमालेले यसबारेमा बोलेको स्पष्ट पारे ।

१० मंसिर २०७३

वि.सं.२०७३ मंसिर १० शुक्रवार १८:३२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...