back
NMB Ad

यो अवसर नछुटाउनुस्,२ विकास बैंक र २ फाईनान्सको ४८.९५ प्रतिशत बोनस !

Nepal Bank

काठमाडौ । कन्ट्री डेभलपमेन्ट बैंकले बोनस जारी गर्न नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । बैंकले आफ्ना सेयरधनीका लागि ८.४५ प्रतिशत बोनस सेयर दिन लागेको हो । कर प्रयोजनका लागि बैंकले ०.४४५ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ ।

यस्तै अल्पाइन डेभलपमेन्ट बैंकका सेयरधनीले १४.५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको गत विहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको हो । कर प्रयोजनका लागि बैंकले १७ लाख ३३ हजार चार सय ३७ रुपैयाँ नगद लाभांश समेत दिनेछ । प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।

त्यसैगरी गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्विकृती प्राप्त गरेको छ । कम्पनीले आफ्ना सेयरधनीका लागि १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७४ प्रतिशत नगद लाभांश दिन लागेको हो । गत असोज २१ गतेदेखि कात्तिक २५ गतेसम्म ५० प्रतिशत हकप्रद निष्काशन गरेको बैंकले हकप्रद वितरणपछि कायम हुने चुक्तापुँजीबाट बोनस दिन लागेको हो ।

यस्तै मञ्जुश्री फाइनान्सले पनि बोनस सेयर जारी गर्न राष्ट्र बैंकको स्विकृती पाएको छ । कम्पनीले आफ्ना सेयरधनीका लागि १४ प्रतिशत बोनस सेयर दिन लागेको हो । कर प्रयोजनका लागि कम्पनीले ०.७४ प्रतिशत नगद लाभांश पनि दिने छ ।

प्रकाशित मितिः २०७३ मंसिर १२

वि.सं.२०७३ मंसिर १२ आइतवार १३:३१ मा प्रकाशित

You can share this post!

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:०३

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण अन्तिम...

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १३:३४

अचुतकुमार ओझा काठमाडौँ : पुँजी बजारमा केही अदृश्य रहस्य रहेका...

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

वि.सं.२०८२ जेठ ९ शुक्रवार ११:४०

काठमाडौं : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४८

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४२

बागमती : हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:३७

काठमाडौँ  : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...