
काठमाण्डौं । कन्काई विकास बैंकले आफ्नो सेयर मूल्य समायोजन भएकोछ । आफ्ना लगानीकर्ताहरुका लागि २० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको यस बैंकको नेप्सेले मूल्य समायोजन गरिदिएको हो ।
२० प्रतिशत बोनस सेयरका लागि प्रतिकित्ता ५ सय ५३ मूल्य समायोजन भएकोछ । कम्पनीको आधार सेयर मूल्य ३ सय ६७ रहेकोछ । कन्काई विकास बैङ्कको ८ औं साधारण सभा पुस १८ गते हुँदैछ ।
कम्पनीले अढाई करोड रुपैंया बराबरको २० प्रतिशत बोनस बितरण गरी पूँजी १५ करोड पुर्याएर १ बराबर २ दशमलव १४ कित्ता हकप्रद निष्काशन गर्ने योजना राष्ट्र बैंकमा बुझाएको थियो ।
झापाको दमकमा मुख्य कार्यालय रहेको कन्काई विकास बैंकले गत आर्थिक वर्षमा ३ करोड ३२ लाख ९६ हजार रुपैंया खुद नाफा कमाएको छ । आफ्नो अस्तित्व कायम राख्दै ३ जिल्ले विकास बैंकका रुपमा रहिरहने लक्ष्य लिएको बैंकको अहिले चुक्ता पूँजी १२ करोड ५० लाख तथा जगेडा कोषमा ४ करोड ९४ लाख २६ हजार रुपैंया सञ्चित छ ।
१२ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर १२ आइतवार १३:४७ मा प्रकाशित