
काठमाण्डौं । टुरिजम डेभलपमेण्ट बैंकले आफ्नो सेयर लगानीकर्ताहरुलाई १९.८ प्रतिशत बोनस सेयर बाँड्ने भएकोछ । बैंकको आज बसेको १७२औं बोर्ड मिटिङले यो प्रस्ताव पेश गरेको हो ।
बैंकको यो प्रस्तावलाई बैंकको आउँदो साधाणसभामा पेश हुन बाँकी नै छ भने नेपाल राष्ट्र बैंकले स्वीकृति दिन पनि बाँकी नै छ । बैैकले कालिन्चोक डेभलपमेण्ट बैंक र मातृभूमि डेभलपमेण्ट बैंकको मर्जरपछि उक्त बोनस बाँड्ने भएको हो ।
१३ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर १३ सोमवार ११:०४ मा प्रकाशित