
काठमाण्डौं । नेपाल पर्यटन वोर्डले हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँगको सहकार्यमा ग्लोबल क्यापेनिङ सुरु गर्ने भएको छ। ‘एक्सपेरियन्स नेपाल’ नारासहित वोर्डले विश्वका दर्जनौं बैंकमा नेपालमा पर्यटन भित्र्याउन क्याम्पेनिङ गर्ने भएको हो।
वोर्डले व्यापार मेला, अफलाइन र सोसियल मिडियामार्फत पर्यटन प्रवर्द्धन गर्ने छ। यसका लागि वोर्डले फ्रान्स, वेलायत र जापानमा रहेका नेपाली दूतावाससँगको सहकार्यमा पर्यटन प्रवर्धन गर्ने छ। यसमा हिमालयन बैंक र अमेरिकन एक्सप्रेस सँगै हुने छन्।
बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै नेपालमा अमेरिकन एक्सप्रेस भित्र्याएको हिमालयन बैंकका प्रमुख कार्यकारीले पर्यटन प्रवर्धनका लागि सहकार्य गरिएको जानकारी दिए।
१६ मंसिर २०७३, १०।३०
वि.सं.२०७३ मंसिर १६ बिहीवार ११:०६ मा प्रकाशित