
काठमाण्डौं । सर्वसाधारणका लागि खोरङ्गा हाइड्रोले तीन लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । हाइड्रोले पहिलो चरणमा पाँचथर, फदिमका आयोजना प्रभावितका लागि ३० हजार कित्ता सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको छ ।
तीन करोड रुपैंयाको सेयर सर्वसाधारणमा जारी गर्न लागेको कम्पनीले आयोजना प्रभावितका लागि एक सय रुपैंया अंकित दरमा ३० लाख रुपैंया बराबरको ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । आयोजना प्रभावितका लागि ३० हजार कित्ता सेयर निष्काशन पश्चात कम्पनीले सर्वसाधारणका लागि दुई लाख ७० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।
यसका लागि कम्पनीले सानिमा क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । पाँचथरको फिदिममा नौ सय ९५ किलोवाट क्षमताको फेमे खोला जलविद्युत आयोजना सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको कम्पनीले चुक्ता पूँजी १० करोड १० लाख रुपैंया पुर्याउनका लागि सेयर निष्काशन गर्न लागेको हो ।
१७ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर १७ शुक्रवार १७:४३ मा प्रकाशित