
काठमाण्डौं । ब्रोकर नम्बर ५३ ईन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्राईभेट लिमिटेडको कारोबार धितोपत्र बोर्डको निर्देशन अनुसार निलम्बन गरिएको छ । नेप्सेमा सूचना जारी गर्दै निलम्बन भएको जनाए पनि के कारणले उसको कारबाही रोकिएको हो भन्ने ब्यहोरा भने खुलाईएको छैन ।
केही दिन अघि मात्र धितोपत्र बोर्डले ब्रोकर नं. ४ ओपल र ब्रोकर नम्बर ३ अरुण सेक्युरिटिजलाई निलम्बन गरेको थियो । जसमा अरुणको कारोबार हिजो आईतबार मात्रै खुलेको थियो । ओपलले भने आबश्यक कागजात बुझाउन ढिला गरेकाले आज सोमबारबाट कारोबार खुलेको हो ।
२० मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर २० सोमवार १८:१८ मा प्रकाशित