back
SKIPShubhakamana
SKIP
NMB Ad
Ncell Banner Ad

५ सय र हजारको नोटबाट बनेको प्लाईउडमा को सुत्छ ?

Royal Enfield Inside Page Banner

भारतले प्रतिबन्ध लगाएको पाँच सय र एक हजार दरका पुराना नोटबाट आर्कषक प्लाइउड बनाउने तयारी गरेको छ। पाँच सय र एक हजार दरको नोटमाथि प्रतिबन्ध लागेपछि स्थानीय बैंकले सर्वसाधारणबाट यस्ता नोट ठूलो परिमाणमा संकलन गरेको छ ।

संकलन गरिएका यस्ता नोटलाई जलाउँदा वातावरणमा प्रतिकुल असर पुर्या‍उन सक्छ भनेर भारतको केरला राज्यले उक्त नोटको प्रयोग गरी प्लाइउड बनाउने तयारी गरेको हो ।

केरला राज्यको रिजर्ब बैंक अफ इण्डिया (आरबीआई) ले यस्ता खालका नोटलाई जलाउनु वा गाड्नुभन्दा अन्य वैकल्पिक उपयोगमा ल्याउने निर्णय गरेको हो। सोही निर्णय अनुसार प्लाइउड बनाउने प्रक्रिया सुरु भएको छ ।

अध्ययनको क्रममा उक्त नोटलाई जलाउँदा वा गाड्दा प्रकृतिमा नकारात्मक असर पु¥याउन सक्ने निश्कर्ष निकालेपछि बैंकले यस्तो निर्णय गरेको हो । त्यसपछि अध्ययनकर्ताले प्रतिबन्ध लागेका यस्ता नोटबाट प्लाइउड बनाउन सक्ने सुझाव दिएका थिए । सोही सुझावको आधारमा केरलाको आरबीआईले नोटबाट प्लाइउड बनाउने निर्णय गरेको हो ।

आरबीआईले उक्त नोटलाई पहिले मसिनो टुक्रा पारेर केरलाकै हार्डवोर्ड बनाउने उद्योग ‘वेस्टर्न इण्डिया प्लाइवुड’ लाई दिने निर्णय गरेको छ । उद्योगले त्यस्तो नोटको टुक्रालाई काठको धुलोमा मिसाएर उपकरणको सहयोगमा प्लाइवुड बनाउनेछ । अहिलेसम्म आरबीआईसँग ८ लाख करोड यस्ता नोट जम्मा भएका छन् ।

कतिपयले ५ सय र हजार दरका पुराना नोटबाटै बनाईएको प्लाईउडमा को सुत्छ भनेर जिज्ञाशा राख्न पनि थालेका छन् ?

एजेन्सीको सहयोगमा

प्रकाशित मितिः २०७३ मंसिर २१

वि.सं.२०७३ मंसिर २१ मंगलवार २३:०३ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
तिहारको बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको निर्माण   

तिहारको बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको निर्माण   

वि.सं.२०८१ कात्तिक १८ आइतवार २०:२६

तनहुँ, १८ कात्तिकः हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा...

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने   

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने   

वि.सं.२०८१ कात्तिक १८ आइतवार २०:१३

काठमाडौँ, १८ कात्तिक : बागमती प्रदेश र कोशी प्रदेशको केही...

कार्तिक शुक्ल द्वितीया : लगाइयो भाईटीका, सकियो तिहार   

कार्तिक शुक्ल द्वितीया : लगाइयो भाईटीका, सकियो तिहार   

वि.सं.२०८१ कात्तिक १८ आइतवार १९:०८

काठमाडौँ, १८ कात्तिक : प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन...

आज १८ कार्तिक २०८१ आइतवार, हेर्नुहोस आजको राशिफल

आज १८ कार्तिक २०८१ आइतवार, हेर्नुहोस आजको राशिफल

वि.सं.२०८१ कात्तिक १८ आइतवार ०५:३४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ कात्तिक १८ आइतवार ०५:२८

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

कार्तिक शुक्ल द्वितीया : आज भाइटीका, कति बजे छ उत्तम साइत ?

कार्तिक शुक्ल द्वितीया : आज भाइटीका, कति बजे छ उत्तम साइत ?

वि.सं.२०८१ कात्तिक १८ आइतवार ०५:२३

काठमाडौँ : यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व...