काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंकले ग्राहकहरुका लागि उच्च प्रतिफल प्रदान गर्ने गरी “१९९ दिने स्वर्णिम मुद्दती निक्षेप” योजना ल्याएको छ । १९९ दिन अवधि रहेको मुद्दती निक्षेप योजना अन्र्तगत ग्राहकले न्यूनतम मौज्दात रु ५००,००० (पाँच लाख रुपैया) मा ९ प्रतिशतको आकर्षक ब्याजदर प्रदान गर्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । सो ब्याज मुद्दती अवधिको समाप्तिमा ग्राहकले पाउनेछन् ।
सोही योजना अन्तर्गत बैंकले आफ्नो ग्राहकहरुका लागि उक्त मुद्दती निक्षेपको ९५ प्रतिशतसम्मको सरल कर्जा सुविधा प्रदान गर्ने ब्यवस्था गरेको जनाएको छ ।
थप जानकारीको लागि बैंकको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहुन वा बैंकको वेबसाईट हेर्न अनुरोध गरेको छ ।
२१ मंसिर २०७३
वि.सं.२०७३ मंसिर २१ मंगलवार २३:२३ मा प्रकाशित