काठमाण्डौं । आज बुधबारदेखि वेष्टर्न डेभलपमेण्ट बैंकले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कात्तिक एक गतेसम्म कायम भएका बैंकको सेयर लगानीकर्ताले हकप्रद भर्न पाउँछन् ।
बैंकको हकप्रदका लागि लगानीकर्ताले बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल तथा वेष्टर्न डेभलपमेण्ट बैंकको मुख्य कार्यालय घोराही, दाङका साथै अन्य शाखा कार्यालयहरु र सिद्धार्थ डेभलपमेण्ट बैंकका बिराटनगर, बीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल र धनगढीमा सम्पर्क राख्नु पर्ने हुन्छ ।
बैंकको हकप्रद निष्काशन पुस २६ बन्द हुनेछ । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ३१ करोड ४० लाख रुपैंया पुग्नेछ । बैंकले कात्तिक २ गते सेयरधनी पुस्तिका बन्द गरेको थियो ।
२२ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर २२ बुधवार १८:१५ मा प्रकाशित