
काठमाण्डौं । सोल्टी क्राउन प्लाजा र नेपाल वायुसेवा निगम बीच व्यवसाय अभिबृद्धिका लागि सहमति भएको छ। सहमति पत्रमा मंगलबार सोल्टी क्राउन प्लाजाका जनरल मेनेजर उप्पल मजुम्दार र नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार बीच हस्ताक्षर भयो।
अब निगमले आफ्ना यात्रुमाझ सोल्टी होटलको प्रबर्धन गर्नेछ भने होटलले आफ्ना पाहुनालाई निगमको उडान रिफारिस गर्नेछ । निगम सोल्टी होटलको प्रवर्धक पनि हो। होटलको १२ प्रतिशत सेयर निगमसँग छ।
कार्यक्रममा महाप्रबन्धक कंसाकारले निगमले रणनैतिक रुपमा ‘कर्पोरेट विजनेस’मा हात हाल्न चाहेको बताए। उनले नेपालमा ‘हाइ क्लास टुरिष्ट’ ल्याउन निगम केन्द्रित हुने उनले जानकारी दिए।
जनरल म्यानेजर मजुम्दरले सोल्टीको अन्तरदेशीय नेटवर्कबाट निगम र होटल दुबैलाई फाइदा पुग्ने बताए । सोल्टीको इन्टरकन्टिनेन्टल, होलिडे इन, होलिडे इन एक्सप्रेस लगायत अन्तराष्ट्रिय होटेल समूहसँग सम्बन्ध रहेको छ।
२२ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर २२ बुधवार १८:२४ मा प्रकाशित