
काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा आरएसडिसी लघुवित्तले १० लाख कित्ता सेयर सुचिकरण गराएको छ । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १० करोड रुपैया रहेको छ ।
कम्पनीले सेयर कारोबारको सम्पूर्ण जिम्मा एनआईबिएल क्यापिटललाई दिएकोछ । आरएसडिसी लघुबित्त वित्तिय संस्था बैंक तथा बित्तीय संस्था ऐन २०६३ र कम्पनी ऐन २०६३ अर्न्तगत स्थापित नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त घ वर्गको राष्ट्रिय स्तरको ुथोक लघुकर्जाु प्रदायक वित्तीय संस्था हो ।
राष्ट्र बैङ्कले थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुले २०७५ असार मसान्तसम्ममा न्यूनतम चुक्तापूँजी ६० करोड रुपैयाँ पु¥याउनुपर्ने निर्देशन दिएको छ ।
२२ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर २२ बुधवार १८:५७ मा प्रकाशित