
काठमाडौ । ज्योति विकास बैंक लिमिटेडले सेयरधनीलाई ११.७० प्रतिशत बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । बैंकले हाल कायम चुक्तापुँजीको ११.७० प्रतिशत बोनस सेयर दिन लागेको हो । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब १० करोड २० लाख रुपैयाँ पुग्नेछ ।
ज्योति विकास बैंक राष्ट्रियस्तरको विकास बैंक हो । नेपाल राष्ट्र बैंकबाट जारी पुँजी योजना अनुसार २०७४ आसार मसान्तसम्ममा राष्ट्रिय स्तरको विकास बैंकले साढे दुई करोड पुँजी पुर्याउनुपर्ने हुन्छ । यसका लागि बैंकले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीबाट शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर समेत जारी गर्दैछ । हकप्रद सेयर निष्काशनका लागि पनि राष्ट्र बैंकले अनुमति दिएको छ । बैंकको आगामी साधारणसभाले उक्त बोनस सेयर र हकप्रद सेयर पारित गर्नेछ ।
प्रकाशित मितिः २०७३ मंसिर २२
वि.सं.२०७३ मंसिर २२ बुधवार २१:३२ मा प्रकाशित