
काठमाण्डौं । नेपाललाई अण्डा उत्पादनमा आत्मनिर्भर घोषणा गर्ने तयारी भइरहँदा बजारमा कुखुराको अण्डाको माग अनुसारको आपूर्ति हुन सकेको छैन । नेपालभर दैनिक २५ लाख अण्डाको माग हुनेमा अहिले दैनिक २१ लाख मात्रै उत्पादन भएपछि यस्तो अभाव सिर्जना भएको हो ।
अहिले दैनिक ४ लाख अण्डाको अभाव बजारमा छ । माग बढेपछि अण्डाको मूल्य पनि प्रतिगोटा १ रुपैयाँ बढेको संघले जनाएको छ । केही दिन अघिसम्म प्रतिगोटा १४ रुपैयाँमा पाइने अण्डा अहिले १५ रुपैयाँमा पुगेको छ । अहिले कुखुरा फार्महरुमा नै अण्डा प्रतिक्रेट ३४५ रुपैयाँ तोकिएको छ ।
२२ मंसिर २०७३, ३।४०
वि.सं.२०७३ मंसिर २२ बुधवार २२:२७ मा प्रकाशित