
काठमाण्डौं । आज बिहीबार सेयर बजारमा नेप्से परिसूचक घट्न पुगे पनि कारोबार रकम भने १० करोड रुपैंयाले बढेको छ । आज वित्त समुह मात्र हरियो बनेर अन्य सूचक रातो भएको थियो ।
आज १३४ कम्पनीका सात लाख तीन हजार एक सय ६४ कित्ता सेयरहरु किनबेच भएका छन् ।
एनबी इन्स्योरेन्सको सबैभन्दा धेरै आठ प्रतिशतले सेयर मूल्य बढ्दा अरु ३५ कम्पनीको पनि सेयर मूल्य माथि चढेको छ । त्यसै गरी सबैभन्दा धेरै गुमाउनेको सूचीको शिर्ष स्थानमा अरुण फाइनान्स, अपी पावर लगायतका कम्पनीहरु रहेका छन् ।
२३ मंसिर २०७३, ३।४५
वि.सं.२०७३ मंसिर २३ बिहीवार २१:१२ मा प्रकाशित