काठमाण्डौं । मनास्लु विकास बैंकले ४६ हजार तीन सय ६१ कित्ता सेयर टेन्डरमा बिक्री गर्ने भएको छ । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएका साधारण समूहको सेयर बोलकबोल माध्यमबाट बिक्री गर्न लागेको हो ।
न्यूनतम एक सय रूपैयाँ कायम गरी त्यसभन्दा माथि मूल्य बढाबढका आधारमा सेयर बिक्री गरिने कम्पनीले जनाएकोछ । यसका लागि लगानीकर्ताले पुस ११ देखि १९ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले पुुस १९ गते बैंकिङ समयभित्र बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
२३ मंसिर २०७३, २।३०
वि.सं.२०७३ मंसिर २३ बिहीवार २०:४१ मा प्रकाशित