back
SKIP
Prabhu Bank Road Block Ad

तपाईको खाता कुन बैंकमा छ ? सेयरमा खाताबाटै लगानी गर्न क वर्गका बैंकमा खाता हुनुपर्ने

Kumari bank ad

काठमाण्डौँ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले अब आफ्नै खाता भएको बैंकबाटै सोझै लगानी गर्न सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउन लागेको ‘आस्वा’(एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउन्ट) प्रणालीले लगानीकर्तालाई आफ्नो खाता रहेको बैंकबाट नै सेयरमा सहज रुपमा लगानी गर्न मार्गप्रशस्त गर्न लागेको हो ।

बोर्डले आगामी माघ १ गतेदेखि सो प्रणाली लागू गर्ने भएको छ । यसबाट लामो लाइन बस्नुपर्ने, धितोपत्रको प्रमाणपत्र पाउन ७० दिनभन्दा बढी कुर्नुपर्ने र  आफ्नै रकम प्राप्त गर्नसमेत लामो समय लाग्ने अवस्थाको समेत अन्त्य हुनेछ । भारतमा सन् २००८ मा सुरु भएको सो प्रणाली पूर्ण कार्यान्वयनमा आउन आठ वर्ष लागेको थियो ।

विहिवार आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पहिलो चरणमा ‘क’ वर्गका बैंकमार्फत सो प्रणाली लागू र  त्यसपछि ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्था र  मर्चेन्ट बैंकमा सो प्रणाली लागू गरिने जानकारी दिए ।

धितोपत्र बजारलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन बोर्डले नयाँ नयाँ प्रविधि सञ्चालनमा ल्याइरहेको उल्लेख गर्दै अध्यक्ष कार्कीले भारत र  बङ्गलादेशको अनुभवलाई समेत हेरेर नेपालमा आस्वा प्रणाली लागू गर्न लागिएको बताए।

नयाँ प्रणाली लागू भएपछि २० दिनभित्रै लगानीकर्ताले प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् भने शतप्रतिशत ब्याज पनि पाउनेछन् । हाल विभिन्न शुल्कका नाममा काटिँदै आएको रकमसमेत बचत हुनेछ ।

धितोपत्र बजारमा एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषलाई पनि नेपाली मुद्रामा नै लगानी गर्न दिन लागिएको जानकारी दिँदै उनले बजारलाई व्यवस्थित बनाउने र अन्तर्राष्ट्रिय क्षेत्रसम्म विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्स्चेन्ज, बैंकर्स सङ्घलगायतका सुझावका आधारमा नै आफू अरु अगाडि बढिरहेको स्पष्ट पार्दै उनले सेयर बजारलाई व्यवस्थित बनाउने दायित्वबाट कोही पनि भाग्न नमिल्ने बताए ।

बोर्डका कार्यकारी निर्देशक परिष्ठ पौड्यालले पहिलो चरणमा ऐच्छिक रुपमा सो प्रणाली लागू हुने र बिस्तारै अनिवार्य गरिने बताए ।  सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बजार व्यवस्थित बनाउन अपनाइने सबै उपायलाई बैंकर्स सङ्घले अक्षरशः लागू गर्ने बताए ।

२४ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २४ शुक्रवार १७:११ मा प्रकाशित

You can share this post!

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

वि.सं.२०८० मंसिर २३ शनिवार १०:५८

हेमन्त जोशी काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:५९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल...

जर्मनी सरकारबाट पाँच अर्ब अनुदान प्राप्त हुँदै   

जर्मनी सरकारबाट पाँच अर्ब अनुदान प्राप्त हुँदै   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

काठमाडौँ, २२ मङ्सिर : जर्मनी सरकारले करिब रु पाँच अर्ब...

आज २३ मंसिर २०८० शनिवार, यस्तो छ आजको राशिफल

आज २३ मंसिर २०८० शनिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:३५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने   

नेपालमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने   

वि.सं.२०८० मंसिर २२ शुक्रवार १७:५७

काठमाडौँ, २२ मङ्सिर : आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका...