back
SKIP
Prabhu Bank Road Block Ad

रहेनन् कलाकार आर पी भट्टराई उर्फ लाजालाम !

Kumari bank ad

काठमाण्डौं । नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार आरपी भट्टराइको निधन भएको छ । ४ दिन अगाडि उनी काठमाडौंबाट आफ्नो घर विराटनगर गएका थिए ।

बिहीबार बेलुकी फूपूको घरमा गएका आरपी बिहान मृत अवस्थामा भेटिएका थिए । हाँस्य कलाकार दीपकराज गिरीले खबरको पुष्टी गर्दै भने ‘‘मलाई बिहान ८ बजे फोन आयो । बेलुकी खाना खाएर  सुतेका आरपी बिहान मृत भेटिएको खबर उनको फूपूको परिवारले दिएको छ ।’ ४२ बर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए । उनी आफ्नो मोटो शरीरका कारण चिन्तित थिए ।

पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ । उनले चलचित्र ‘वडा नम्बर ६’ लगायतका केहि सफल चलचित्रमा काम गरेका छन् । हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि उनको चर्चा चुलिएको थियो । यहि, सिरियलबाट उनलाई ‘लाजालाम’ उपनामले दर्शकले चिन्ने गर्थे ।

उनको श्रीमति र २ छोरा छन् । उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उनको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो केहि हप्ता अगाडि मात्र युटुबमा सार्वजनिक भएको थियो ।

२४ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २४ शुक्रवार १७:१२ मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:२१

तिल्केनीचौर (म्याग्दी), २३ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर...

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:१५

चितवन, २३ मङ्सिर : जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको...

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

वि.सं.२०८० मंसिर २३ शनिवार २१:११

काठमाडौँ, २३ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

वि.सं.२०८० मंसिर २३ शनिवार १०:५८

हेमन्त जोशी काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:५९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल...