back
NMB ad

बाग्मती नदीमा फोहर फाल्नेले तिरे १२ लाख जरिवाना, तपाइँ पनि पर्नु होला ख्याल गर्नुहोस

Kumari bank ad

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी आज २२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइको १८७ औँ हप्तामा आज टेकु पुलपारि ललितपुरको सानेपा क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतःस्फूर्त रुपमा सफाइमा उपस्थित भएकाहरुलाई दुई समूहमा विभाजन गरी एक समूहले नदीभित्र छिरेर सफाइ गरेको र अर्को समूहले जनचेतनामूलक कार्यक्रम गरेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका पुरुषोत्तम कँडेलले बताए ।

सानेपा क्षेत्रका घरदैलामा गई ‘नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरमा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिक पर्ने स्थानमा सहभागी बनौँ’ भनी जागरणमूलक कार्यक्रम गरिएको उनले जानकारी दिए ।

सफाइ महाअभियानलाई ललितपुर उपमहानगरपालिकाले सय थान डोको तथा स्पर्श नेपालले पाँच थान साधारण र दुई सय थान मोटो पन्जा हस्तान्तरण गरेका छन् ।

सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्वसचिवद्वय किशोर थापा र केशव भट्टराई लगायतले नेतृत्व गरेका थिए । अधिकारसम्पन्न वाग्मती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपमहानगरपालिका लगायत संस्थाको सफाइमा संस्थागत सहभागिता थियो । नदीमा फोहर फाल्नेबाट उपमहानगरपालिकाले हालसम्म रु १२ लाख जरिवानास्वरुप उठाएको जनाइएको छ ।

२५ मङ्सिर

वि.सं.२०७३ मंसिर २५ शनिवार १९:१९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...