काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अबको एक महिनापछि एक पटकमा एक कित्ता सेयरको पनि किनबेच गर्न सकिने गरि सिष्टमको अपग्रेड हुँदै गरेको जनाएको छ । नेप्सेको विज्ञप्तीअनुसार नियमित कारोबारमा बजारमा मूल्य प्रभावित नहुने गरी १० कित्ताभन्दा कमको समेत किनबेच हुन सक्ने व्यवस्था मिलाउनको लागि सिष्टम निर्माता कम्पनी कमड्याकको स्थानिय प्रतिनिधि वाइसीओ प्रालिलाई निर्देशन दिइसकेको छ ।
स्टक एक्सचेन्जले पुँजी बजारको द्रुत विकासका लागि आफुले कार्य गरिरहेको जनाएको छ । हाल १० कित्ता भन्दा कमको सेयर कारोबार गर्न मिल्दैन ।
सिस्टममा सुधार गरेपछि एक कित्ता सेयर कारोबार गर्न पाइने भएकाले लगानीकर्तालाई निकै सहज हुने आशा गएिको छ ।
केही समयपछि यसको परीक्षण सेवा सुरु हुने नेप्सेले जानकारी दिएको छ ।
यो लिंक खोलेर हेर्नुस नेप्सेको विज्ञप्ती
प्रकाशित मितिः २०७३ मंसिर २५
वि.सं.२०७३ मंसिर २५ शनिवार १८:४५ मा प्रकाशित