back
NMB ad

खेलाडी चढेको उडिरहेको विमानमा बम राखिएको हल्ला चलेपछि…

Kumari bank ad

संयुक्त राज्य अमेरिकाको एउटा निजी क्षेत्रको विमान कम्पनीः बोस्टन सेल्टिक्सको एक विमानमा बम राखिएको हल्ला चले तापनि सो बिमान ओक्लाहोमा सिटीमा सकुशल अवतरण गरेको स्थानीय बोस्टन ग्लोब समाचारपत्रले उल्लेख गरेको छ ।

ओक्लाहोमा सिटीमा आइतबार आयोजना हुन गै रहेको “थन्डर” नामक खेलमा सहभागी हुन खेलाडीको टिम र कार्यकारीहरु चढेको उक्त विमान प्राइभेट चार्टर उडानमा म्यासाच्युसेट्स राज्यको बेडफोर्ड बिमानस्थलबाट ओक्लाहोमा सिटीका लागि शनिबार बेलुकीपख प्रस्थान गरेको थियो ।

विमानमा बम राखिएको भनी विमान उडिरहेकै अवस्थामा कसैले चलाइ दिएको हल्ला चालक दल र टिमका केही कार्यकारीहरुको मात्र जानकारीमा रहेको थियो ।

खेलाडीहरु भयभीत हुन नपाउन भनी अरु कसैलाई पनि थाहा दिइएको थिएन । अन्ततः विमान विल रोजर्स विमानस्थलमा बेलुका पाँच बजे सकुशल अवतरण ग¥यो ।

विमान अवतरण भएपछि मात्र बम राखेको भनिएको हल्ला सबै यात्रुलाई जानकारी गराइएपछि दौडादौड मच्चिन गयो । विमानस्थल अधिकारीहरुले विमानमा राखिएका सबै ब्यागेज, सरसामान नियन्त्रणमा लिई यात्रुहरुलाई मात्र बाहिर निस्कने अनुमति दिए ।

पछि, अमेरिकी फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई), ओक्लाहोमा सिटी फिल्ड अफिसका सम्बन्धित अधिकारीहरु आई शनिबार राति विमानभित्र सबैतिर सम्पूर्ण जाँच गर्दा कहिँ कतै पनि बम वा विस्फोटक पदार्थ फेला परेन ।

बोस्टन ग्लोबले जनाएअनुसार बम राखिएको हल्ला कुन बदमासले कहाँबाट फैलाएको हो यसबारे एफबिआईले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७३ मंसिर २६

वि.सं.२०७३ मंसिर २६ आइतवार २०:२० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...