back
Kumari Bank

पाँचौँ धादिङ महोत्सव पुस ७ देखि,महोत्सवको तयारी तिव्र

धादिङ। धादिङ जिल्ला विकास समिति र नीलकण्ठ नगरपालिकाको सह–आयोजनामा धादिङ उद्योग वाणिज्य सङ्घले यही पुस ७ देखि १७ गतेसम्म नीलकण्ठ नगरपालिका–४ रापटार धादिङबेसीमा पाँचौँ धादिङ महोत्सव गर्ने भएको छ । साथै महोत्सवको लागि तयारी तीब्र पारिएको छ ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष बोधनाथ दुवाडीले बताए । उनका अनुसार महोत्सवमा कृषि तथा साना घरेलु उद्योगबाट उत्पादित सामग्री, खनिजजन्य पदार्थ, जडीबुटी, सल्यानटारको मास, झार्लाङको आलु र हस्तकलाका सामग्री प्रदर्शन तथा बिक्रीकक्ष राखिनेछ ।

हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, खनिजजन्य उत्पादन लगायतको प्रदर्शनी रहेको महोत्सवमा करिब १ सय ७० वटा स्टलहरु रहनेछ ।

महोत्सवमा धादिङ जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार एवम् प्रवद्र्धनको लागि प्याराग्लाइडिङने तथा हेलिकप्टरबाट दृश्यावलोकन एवम् जिल्लाको पर्यटकीय क्षेत्रहरुको जानकारी गराउनुको साथै विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर २६

वि.सं.२०७३ मंसिर २६ आइतवार २०:४४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार २८ शनिवार ०७:०२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

वि.सं.२०८२ असार २७ शुक्रवार २०:५४

काठमाडौं : क्याटलले गत जुन ३० मा चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र...

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल   

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल   

वि.सं.२०८२ असार २७ शुक्रवार २०:००

काठमाडौँ  : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा जलविद्युत्को उत्पादन...

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन   

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८२ असार २७ शुक्रवार १९:४१

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न...

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई बेवास्ता गरेको नाडाको आरोप

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई बेवास्ता गरेको नाडाको आरोप

वि.सं.२०८२ असार २७ शुक्रवार १९:०७

काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८२/८३...

काठमाडौँ महानगरपालिकाको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड   

काठमाडौँ महानगरपालिकाको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड   

वि.सं.२०८२ असार २७ शुक्रवार १८:४५

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...