back

साना किसान सहकारी सलाङको १७ औं साधारण सभा सम्पन्न

Kumari bank ad

विवेक अर्याल, (सलाङ) धादिङ  । साना किसान कृषि सहकारी सस्था सलाङको १७ औं वार्षिक साधारण सभा सलाङघाट्मा सम्पन्न भएको छ । नेपाल कृषि सहकारी संघ केन्द्रीय अध्यक्ष एवं साना किसान विकास कैंकका अध्यक्ष खेमबहादुर पाठकले शनिबार कार्यक्रमको उद्घाटन गरेका थिए ।
साना किसान कृषि सहकारी संस्था सलाङको अध्यक्ष डिल्लीप्रसाद पाठकको सभापतित्वमा सम्पन्न साधारण सभामा जिल्ला कृषि विकास कार्यलय धादिङ प्रमुख, साना किसान विकास वैक गजुरी शाखा प्रमुख, छिमेकी गाविस साना किसान सहकारी अध्यक्ष लगायतले साना किसान सहकारी सलाङको उपलव्धीको प्रशंसा गरेका थिए ।

आर्थिक वर्ष ०७२/०७३ को कुल आम्दानी २ करोड ८ लाख २७ हजार ६ सय ५५, कुल खर्च १ करोड ६७ लाख ६३ हजार ७२० र शुद्ध नाफा ४० लाख ६३ हजार ९ सय ७५ रहेको सस्थाको प्रबन्धक गोपाल सिल्वालले जानकारी दिए । सलाङ गाविसलार्इ लक्षित गरि २०५५ सालमा स्थापना गरिएको सहकारिमा हाल सम्म २२४ समुह, १४०० शेयर सदस्य रहेको र छिमेकी गाविसहरु नलाङ र बेनिघाटमा समेत आफ्नो कार्य क्षेत्र विस्तार गरिएको संस्थाको अध्यक्ष डिल्ली पाठकले जानकारी दिए ।

साधारणसभामा कृषि क्षेत्रमा उच्च प्रगतिशील ५ जना किसानहरुलाई प्रशम्सा स्वरुप अत्याधुनिक कृषि उपकरण, नगद र प्रशम्सा पत्र द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय स्तरको कलाकार, हास्यव्यङ्य कलाकार लगायतको कृषि क्षेत्रको विकासको वारेमा प्रस्तुती प्रस्तुत गरेका थिए । अन्तरास्ट्रिय पारिवारिक वर्ष २०१४ को वृहत् कार्यक्रम धादिङबेशिमा उत्कृष्ट सहभागिता जनाए बापत जिल्ला प्रथम हुन सफल साना किसान सलाङ धादिङ जिल्लामा मात्र नभइ सिङ्गो नेपालमै नमुना सहकारिको रुपमा चिनिएको छ । महिनाको एकदिन भविश्यको लागि बचत गरौं, सबल र सक्षम संस्था निर्माण गरौं ू भन्ने नारालाई साना किसान परिवारमा गुन्जायमान गर्दै संस्थाले नयाँ नयाँ बचतको योजना अघि सारेको र जसका कारण मासिक रुपमा रु ५०० देखि रु ३००० सम्म बचत गर्ने सदस्यहरुको आर्थिक सामाजिक शैक्षिक र स्वास्थ स्थितिमा परिवर्तन भएको र सदस्यहरुको आदम्य साहस र संचालक समितिको समय अनुसार निर्णय गरि कार्यन्वयन गर्न सक्ने दुरदर्शिताले आज सस्था उदाहरणिय बन्न सफल भएको छ । सलाङ गाविसमा १ घर १ शदश्य र १ टोल १ समुहको अबधारणा रहेको सस्थामा आफ्नै कार्यलय भवन, आफ्नै तालीम भवन, पृथ्वी राजमार्गमा आफ्नै सहकारी पसल, १ र ९ नम्बर वडामा अन्तर समूह भवन रहेको संस्थाको प्रबन्धक गोपाल सिल्वालले बताए ।
साधारणसभामा साना किसान सहकारीको क्षेत्रमा कलम चलाए बापत प्रेस चौतारी धादिङका सदस्य विवेक अर्याललार्इ मायाको चिनो प्रदान गरिएको थियो ।

वि.सं.२०७३ मंसिर २७ सोमवार ०५:४६ मा प्रकाशित

You can share this post!

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:१२

काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम...

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

वि.सं.२०८० मंसिर १९ मंगलवार १७:१०

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम...

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:४७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:३७

काठमाडौँ, १९ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:२८

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको...