
काठमाण्डौं । अमेरिकामा रहेका नेपालीले शुरु गरेको कम्पनी सगुनले सामाजिक सञ्जालकै इतिहासमा पहिलोपटक मिनी आइपिओमार्फत लगानी जुटाउने भएको छ । मिनी आइपिओमार्फत लगानी जुटाउने सगुन नेपालीहरुले शुरु गरेको पहिलो मात्र नभइ सामाजिक सञ्जालका रुपमा पहिलो ग्लोवल कम्पनी पनि हुने भएको हो ।
सामाजिक सञ्जालकै क्षेत्रमा सगुन रेगुलेसन ए प्लसु मार्फत लगानीको अवसर दिने बिश्वकै पहिलो कम्पनी हुने तयारीमा छ । अमेरिकी स्टक एक्सचेन्जले करिव डेढ महिना भित्र सगुनलाई मिनी आइपिओ मार्फत लगानी जुटाउने स्विकृती दिन सक्ने बताइएको छ।
यसका लागि सगुनले आफ्ना तर्फबाट सबै प्रक्रिया पुरा गरि अमेरिकी स्टक एक्सचेन्जमा आवदेन गरिसकेको छ। अमेरिकी नयाँ कानुन अनुसार प्राइभेट कम्पनीमा पनि सर्वसाधारणले लगानी गर्न पाउने भएपछि स्टार्टअप कम्पनीको रुपमा स्थापना भएको सगुनले सर्वसाधारणबाट लगानी जुटाउने अन्तिम तयारीमा जुटेको हो ।
सगुनले लगानी सम्वन्धमा आफ्नो वेभसाइट www.sagoon.com/invest मा जानकारी गराएको छ।
वि.सं.२०७३ मंसिर २७ सोमवार १६:५७ मा प्रकाशित