
काठमाण्डौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयर कारोबार खुलेको छ । यस कम्पनीले गतसाता मात्रै नेप्सेमा दश लाख कित्ता साधारण सेयर सूचिकृत गराएको थियो ।
कम्पनीको नेप्सेमा एनएमएफबिएस कोड बाट कारोबार हुनेछ । अहिले कम्पनीको सुरुवाती मूल्य प्रतिकित्ता १६९ रुपैयाँदेखि ५०६ रुपैयाँ तोकिएको छ । धादिङमा मुख्य कार्यालय रहेको कम्पनीले तीन करोडको आइपिओ जारी गरेर चुक्तापूँजी दश करोड रुपैयाँ पुर्याएको छ ।
२७ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर २७ सोमवार १७:३५ मा प्रकाशित