
काठमाण्डौं । अभिनेत्री रेखा थापा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् । सोमबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष थापाले टीका लगाएर अभिनेत्री रेखालाई पार्टी प्रवेश गराएका हुन् ।
उनीसँगै उनकी आमा सरस्वती थापा पनि राप्रपा प्रवेश गरेकी छन् । पार्टी प्रवेशसँगै कमल थापाले दुवैलाई स्वागत गरेका थिए ।
रेखा २०७० साल जेठ ४ गते एमाले नेतृ उर्मिला अर्यालसहित तत्कालिन एमाओवादी (हाल माओवादी केन्द्र) मा प्रवेश गरेकी थिइन् । आजको कार्यक्रम सञ्चालन कोमल ओलीले गरेकी थिइन् ।
२७ मंसिर २०७३, कान्तिपुर दैनिक, ११।००
वि.सं.२०७३ मंसिर २७ सोमवार १७:५० मा प्रकाशित