
काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मिर्मिरे माईक्रोफाइनान्स कम्पनी लिमिटेड र सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मिर्मिरेको ५० प्रतिशत बोनस सेयर तथा सोल्टीको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो ।
मिर्मिरे माईक्रोफाइनान्सका समायोजन पछिको सेयर मूल्य १ हजार ८ सय ६७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ९ सय ८३ रुपैयाँ लिइएको छ । त्यस्तै सोल्टी होटलको समायोजन पछिको सेयर मूल्य ३ सय १२ रुपैयाँ तोकेको छ । यसका लागि आधार मूल्य ३ सय २९ रुपैयाँ रहेको थियो ।
२७ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर २७ सोमवार १८:२२ मा प्रकाशित