back
SKIP
Prabhu Bank Road Block Ad

घुमघाम गर्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् तपाईका लागि उपयुक्त हुनसक्ने ७ गन्तव्य

Kumari bank ad
अंग्रेजी महिनाको डिसेम्बरको आधाआधी गएसँगै क्रिशमश र अंग्रेजी नयाँ वर्षका लागि विभिन्न योजनाहरु बुन्ने क्रम चल्न सुरु भइसकेको छ । बिस्तारै कलेज स्कुलहरुले पनि केही दिन या केही महिनाको जाडो बिदा दिने बेला पनि आइसकेको छ । कामकाजी व्यक्तित्वहरुलाई व्यस्त दैनिकीबाट केही छिन वा केही दिनको फुर्सद निकाल्ने उपयुक्त बहाना पनि मिल्ने अवस्था छ । यस्तोमा के तपाई पनि आफन्त वा साथीभाइसँग घुमघाम गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हामीले तपाईका लागि उपयुक्त हुनसक्ने ७ गन्तव्य ल्याएका छौं । यसपटकको एक दिने छुट्टी या केही दिने छुट्टीको सदुपयोग आन्तरिक पर्यटक भएर गर्ने कि त ? हेर्नुहोस् ७ गन्तव्य :
नगरकोट

काठमाडौं नजीकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा रहेको छ । नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ। यहाँवाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ ।

ककनी

ककनी नुवाकोट जिल्लामा पर्ने एक गाउँ विकास समिति हो। नुवाकोट जिल्लामा पर्ने पर्यटकीय क्षेत्र ककनी काठमाडौंबाट २० किलोमिटर दूरीमा छ । यो स्थान समुद्री सतहबाट २२०० मिटरको उचाइमा छ । यो ठाउँ स्टेबरीको पनि लागि प्रसिद्ध छ । त्यसैगरी ट्राउट माछा खान मन पराउनेहरुको लागि पनि यो उपयुक्त गन्तव्य हुन सक्छ । काठमाण्डौंबाट एक रात बस्ने वा उही दिन गएर आउनका लागि यो एउटा राम्रो घुमघाम गर्ने स्थान हो ।

kakani

दामन

काठमाडौंबाट थानकोट, नौबिसे हुँदै पृथ्वी राजमार्गबाट ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ । चन्द्रागिरी हुँदै चित्लाङको कच्ची बाटोबाट जाने हो भने अझ छिटो पुगिन्छ । यस्तै दक्षिणकालीबाट फाखेल हुँदै कुलेखानीको मार्खुबाट टिस्टुङ निस्केर अर्को वैकल्पिक बाटो छ । हेटौंडाबाट ३३ किलोमिटर पार गरेपछि दामन पुगिन्छ । दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल हेर्न सकिन्छ ।  हिउँदमा हिउँ परेर दामन सेताम्मे हुन्छ ।

Daman

 मनकामना
 
गोरखामा रहेको मनकामना मन्दिरको दर्शन हिन्दु धर्मालम्बीहरुको लागि तीर्थस्थल जस्तै हो। चितवनको कुरिनटारबाट केबलकार चढेर जाने यो मन्दिरबाट मनास्लु हिमचुली तथा अन्नपुर्ण हिमश्रृखलाको सुन्दर दृष्यावलोकन पनि गर्न सकिन्छ। यदी तयाई पैदल यात्रा गर्न रुचाउनुहुन्छ, भने पृथ्वीराजमार्गको आँबुखैरेनीबा मस्र्याङदी नदीको सानो पुल तरेर करिब ४ घण्टाको उकालो पैदरयात्रा गरेपछि तपाई मनकामना मन्दिर पुग्न सक्नुहुन्छ । काठमाण्डौंबाट एक रात बस्ने वा उही दिन गएर आउनका लागि उपयुक्त गन्तव्य हो।
सौराहा
नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि प्रशिद्ध रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज रहेको यस क्षेत्रको मुख्य आकर्षणमा हात्ती चढेर जंगल सफारी, राप्ती नदिमा डुङ्गा सयर, सूर्यास्त र थारु कल्चर हुन् । आन्तरीक तथा बाहिय पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य सौराहा चितवन भरतपुरदेखि करिव १८ किलोमिटर पूर्व–दक्षिण अवस्थित छ ।
tourism tourist sauraha nepal
बन्दिपुर
 
एउटा ऐतिहासिक सहर जसको आफैमा महत्व त छँदैछ। कुनै समयको ब्यापारीक केन्द्र रहेको र पछि विविध कारणले किनारा लागेको जिउँदो इतिहास पनि हो बन्दिपुर। बन्दिपुको बारेमा वर्णन गरिने विभिन्न मिथकहरु आफ्नो ठाउँमा छन् तर हिउँदको समयमा खुलेको अन्नपुर्ण र धौलागिरी हिमश्रृखलाको अवलोकनका लागि उपयुक्त गन्तव्य हुनसक्छ। काठमाडौं, पोखराबाट धेरै टाढा पनि नभएको यो गन्तव्य एकदिने यात्राका लागि उपयुक्त घुमफिर गन्तव्य पनि हो।
पोखरा
 
पोखरा भन्ने वित्तिकै पर्यटकको पहिलो रोजाईमा पर्ने स्थान हो। यो क्षेत्रमा पुगेपछि आँखै अगाडि हिमाल हेर्न मात्र नभएर तालमा बोटीङ गर्न सकिन्छ। यहाँ गुफा हेर्न चाहनेले गुफा तथा साहसीक खेल रुचाउनेले प्याराग्लाईडीङ, अल्टा, बन्जी, जिप फलाएर जस्ता साहसीक खेलहरुको आनन्द लिन सक्छन्। यसका साथै धर्म प्रती रुची राख्ने पर्यटकहरुको विभीन्न धार्मिक महत्वका मन्दिरहरू बिन्ध्यबासीनी, बाराही मन्दिरसमेत रहेको छ।
Pokhara boating Taal Barahi
२७ मंसिर २०७३, २।००

वि.सं.२०७३ मंसिर २७ सोमवार १९:५१ मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:२१

तिल्केनीचौर (म्याग्दी), २३ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर...

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:१५

चितवन, २३ मङ्सिर : जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको...

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

वि.सं.२०८० मंसिर २३ शनिवार २१:११

काठमाडौँ, २३ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

वि.सं.२०८० मंसिर २३ शनिवार १०:५८

हेमन्त जोशी काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:५९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल...