काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले ६७ हजार कित्ता प्रिमियम मूल्यमा थप नयाँ साधारण सेयर (एफपीओ) जारी गर्न नेपाल एसबिआई बैंकलाई स्वीकृति दिएको छ । योसँगै बैंकले ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्ने भएकोछ ।
बैंकले प्रस्ताव गरेको एफपीओको मूल्यमा परिमार्जन भएसँगै बोर्डले एफपीओ निष्काशनका लागि अनुमति दिएको हो । सुरुमा प्रतिकित्ता ९ सय ८४ रुपैंयामा एफपीओ निष्काशनको प्रस्ताव गरेको बैंकले बोर्डको निर्देशनमा बजार मूल्यमा आधारित रही ९ सय ७१ रुपैंयामा एफपीओ निष्काशन गर्ने निर्णय गरेको थियो ।
संस्थापक सेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७० र ३० कायम गर्नका लागि बैंकले एफपिओ जारी गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
२७ मंसिर २०७३, २।००
वि.सं.२०७३ मंसिर २७ सोमवार १९:५२ मा प्रकाशित