काठमाण्डौँ । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबी)ले सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड पाएकोछ । यस अवार्डसँगै सबै जनतालाई धन्यवाद भन्दै बैंकले उक्त अवार्डलाई बग्गीमा राखेर शहर घुमाएको छ।
फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो बर्षको सर्बोत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो । यो बेलायतको प्रसिद्ध पत्रिका हो । यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जित्न पुगेकोछ ।
२८ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर २८ मंगलवार १६:५१ मा प्रकाशित