back
NMB ad

सुन्तला बेचेरै करोडपति बनेका किशान !

Kumari bank ad

म्याग्दी । जिल्लाको बास्कुना गाउँका तिलक गुरुङले एक हप्ताअघि दुई लाख रुपैयाँको सुन्तला पोखरामा बेचे । बास्कुना गाउँभरिमा जति जनाले सुन्तलाखेती गरेका छन्, ती सबैका बोटको फल पोखरा, नारायणगढ र काठमाडौंसम्म पुग्छ । कति किसान त आफ्नै गाडीमा पोखरा लगेर बेच्छन् । तिलक भन्छन्, ‘आफ्नै गाउँमा नबिके पनि बिक्रीको समस्या छैन ।’ बास्कुनाका बासिन्दाले यस वर्षको अहिलेसम्म ३० लाख रुपैयाँभन्दा बढीको सुन्तला बेचे ।

सुन्तलाबाटै स्याङ्जा पुतलीबजारका बोधराज अर्यालको कमाइ ६ लाख भयो । पर्वत बाँसखर्कका किसानका सुन्तलाबोटमा पोहोरभन्दा यसपालि धेरै फल लागेको थियो । बेच्न भने कुनै समस्या भएन, सुन्तला पोखरा, बुटवल र नारायणगढ पुग्यो । बाँसखर्क, सलिजा, देउपुर, तिलहार, कुर्घा, लिमीठाना, पाङराङ, त्रिवेणी, बेहुलीबास, सरौखोला गाविस पर्वतमा सुन्तलाका पकेट क्षेत्र हुन् ।

बितेको वर्ष चार हजार पाँच सय टन सुन्तला फलेको यहाँ यसपालि पाँच हजार पाँच सय टन पुग्ने अनुमान जिल्ला कृषि विकास कार्यालयको छ । स्याङ्जाबाट पोहोर २६ करोड १६ लाख रुपैयाँको सुन्तला बजार गएको थियो । यो कमाइ यसपालि बढेर ३५ करोड ६५ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको कृषि योजना अधिकृत तिलक जिसीले बताए । ‘यो जिल्लामा यसपालि सुन्तला उत्पादन १३ प्रतिशत वृद्धि भएको अनुमान छ’, उनले भने, ‘११ हजार पाँच सय टन उत्पादन भएको अनुमान गरेका छौं ।’

यस वर्ष सुन्तलालाई मौसमले केही साथ दियो । ‘घाम र पानीको समय मिल्यो, सुन्तला धेरै फल्योु, किसान फणिनारायण अर्यालले भने, ुमेरो मात्रै कमाइ २२ लाख रुपैयाँ हुने अनुमान गरेको छु ।’ वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीका अनुसार स्याङ्जाको सुन्तला ५० रुपैयाँ किलोसम्ममा बिक्री हुन्छ । पोखरा, बुटवल, नारायणगढ र काठमाडौं स्याङ्जाली सुन्तलाको बजार हो । पुतलीबजार, वालिङ, भीरकोट, चापाकोट नगरपालिका दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरस्टे, पौवेगौंडेलगायत गाउँ जिल्लामा धेरै सुन्तला फल्नेमध्येमा अघि छन् ।

२८ मंसिर २०७३, अन्नपूर्ण पोष्ट, ११।००

वि.सं.२०७३ मंसिर २८ मंगलवार १८:१० मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...