
काठमाडौ । माउन्ट मकालु डेभलपमेन्ट बैंकले सर्वसाधारण समूहको चार हजार पाँच सय २८ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।
हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलाम बढाबढका आधारमा अहिले बेच्न लागिएको हो । यो लिलामी सेयरको आवेदन पुस १ गतेदेखि बिक्री खुला हुनेछ । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी निवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद पुस ७ गतेसम्म मात्र छ ।
माउन्ट मकालुको यो लिलामी सेयरमा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड हो । त्यसैले एनआबिएल क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंबाट आवेदन सकिनेछ ।
प्रकाशित मितिः २०७३ मंसिर २८
वि.सं.२०७३ मंसिर २८ मंगलवार १९:१९ मा प्रकाशित