
काठमाण्डौं । सप्तकोशी डेभलपमेण्ट बैंक र मिथिला लघुवित्त विकास बैंकले पुस ८ गते आफ्नो बुक क्लोज गर्ने भएका छन् । यी दुई बैंकको साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्न लागेका हुन् । जसमा सप्तकोशीले हकप्रद सेयर र मिथिला लघुवित्तले बोनस सेयर वितरणको प्रस्ताव पास गर्ने भएका छन् ।
सप्तकोशी डेभलपमेण्ट बैंकले १ः१ अनुपातमा आफ्ना सेयर धनीहरुका लागि हकप्रद सेयरको प्रस्ताव पास गर्नेछ भने मिथला लघुवित्त विकास बैंकले १२ दशमलव ६६ प्रतिशत बोनस तथाशुन्य दशमलव ६६ प्रतिशत नगद लाभांसको प्रस्ताव पास गर्नेछ । मिथिलाको पुस २३ गते साधारण सभा हुने भएकोछ भने सप्तकोशीको पुसको २८ गते साधारणसभा हुँदैछ ।
२९ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर २९ बुधवार १९:१० मा प्रकाशित