
काठमाण्डौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी र हिमाल पावर पार्टनरले सर्वसाधारणमा सेयर जारी गर्ने अनुमति पाएका छन् । पहिलो चरणमा स्थानीय बासिन्दाको लागि सेयर जारी गर्न लागेका दुवै कम्पनीले यही आइतबार धितोपत्र बोर्डबाट यसको अनुमति पाएका हुन् । दुवै आयोजनाको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।
हिमाल पावर कम्पनीले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीयको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर जारी गर्ने भएको हो । दोस्रो चरणमा भने कम्पनीले सर्वसाधारण र कर्मचारीको लागि २१ करोड ३० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने छ ।
त्यस्तै, छ्याङ्दी हाइड्रोपावर कम्पनीले पनि पहिलो चरणमा स्थानीयको लागि २ लाख ७० हजार कित्ता सेयर जारी गर्ने छ । कम्पनीले ४ मेगावाटको माथिल्लो छ्याङदी खोला साना जलविद्युत् आयोजना निर्माणको लागि सेयर जारी गर्ने भएको हो । दोस्रो चरणमा सर्वसाधारण तथा कर्मचारीको लागि कम्पनीले ७ लाख कित्ता सेयर जारी गर्ने भएको छ ।
२९ मंसिर २०७३, १।००
वि.सं.२०७३ मंसिर २९ बुधवार १९:५८ मा प्रकाशित