
काठमाण्डौं । सेयर बजार आज बुधबार ६.६५ अंकले उक्लिएर १५१६ अंकमा पुगेको छ। आज दिनभरीमा १३७ कम्पनीको ४८ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
आज बजारमा, बैंकिङ ७.८२ अंक, विकास बैंक सवा एक अंक, जलविद्युत पौने दुई अंक, बिमा साढे ५९ अंक, उत्पादनमूलक सवा १५ अंक र अन्य करिब एक अंकले बढेको छ । बजारमा आज होटल होटल १३ अंकले र फाइनान्स आधा अंकले झरेको छ।
आज बजरमा हिमालयन डिस्ट्रिलरीको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ । दिनभरीमा एभरेष्ट बैंकको नौं करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। लाइफ इन्स्योरेन्सको दुई करोड ९१ लाख र सिद्धार्थ बैंकको दुई करोड नौं लाख रुपैयाँको सेयर किनबेच भएको छ।
२९ मंसिर २०७३, ३।३०
वि.सं.२०७३ मंसिर २९ बुधवार २१:१२ मा प्रकाशित